अक्सिजन सिलिण्डर पड्किँदा घाइते थापाको मृत्यु
काठमाडौं : अक्सिजन ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । अग्नी नियन्त्रक यन्त्र र एक सानो अक्सिजन ग्यास पड्किँदा गम्भीर घाइते भएका काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।ग्यास पड्किँदा घाइते भएका पैदलयात्री थापालाई उपचारका लागि मेडिकल कलेज अत्तरखेल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । मृतक थापाको शव नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेको प्रहरीले जानकारी दिएको छ ।
