SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ: गणेश कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले नियमभन्दा मानिसको जीवन र अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कार्कीले नियम मानिसका लागि बनेको उल्लेख गर्दै नियमका कारण मानिसलाई असहज अवस्था सिर्जना हुने वा जीवन नै जोखिममा पर्ने अवस्था आए त्यसको पुनरावलोकन आवश्यक हुने बताएका छन् ।