SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौं : आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर गैँडा बनाउने प्रस्ताव गरेको हो।आयोगले पत्रकार सम्मेलन गर्दै समय र परिस्थिति अनुसार जन आकांक्षा सम्बोधन गर्न र नयाँ शासन सञ्चालनका पुराना व्यवस्थालाई प्रभावकारी र परिवर्तनीय बनाउन संविधान संसोधन आवश्यक परेको भन्दै २५ बुँदे संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ ।