‘खरानी’ किताब लेख्दा यातना, सर्वोच्चको आदेशपछि पनि सकिएन दुःख
काठमाडौं : २३ वर्षीय प्रकाश भट्ट बसन्तपुरमा एक्लै हिँडिरहेका थिए। क्यामेरा बोकेका दुई जना युवाले आफूहरू सञ्चारकर्मी भएको परिचय दिँदै उनीसँग सरकारबारेको धारणा सोधे। तर प्रकाशले राजनीतिक टिप्पणी गर्न अस्वीकार गरे। बरु आफू ‘खरानी’ नामक उपन्यास लेखिरहेको बताए। यो घटना हो, गत फागुन ८ गतेको। आफ्नो पुस्तक कुनै राजनीतिक दलसँग सम्बन्धित नभई नेपालको इतिहासदेखि वर्तमानसम्मका घटनालाई आधार बनाएर तयार पारिएको काल्पनिक कृति भएको बताएका थिए।
