महिला सुरक्षा कि आत्मसमर्पण ?
समाजको स्तर मापन गर्ने अनेक आधार हुन्छन्। कसैले अर्थतन्त्र हेर्छ, कसैले पूर्वाधार, त कसैले लोकतन्त्र। तर एउटा सरल प्रश्नले पनि समाजको वास्तविक अनुहार देखाइदिन्छ– के एउटी महिला सार्वजनिक बसमा निर्धक्क यात्रा गर्न सक्छिन् ? यदि यसको उत्तर ‘सधैं सक्दिनँ’ हो भने समस्या यातायातको होइन, सभ्यताको हो।महिलाका लागि छुट्टै बस सञ्चालन गर्ने निर्णयलाई धेरैले प्रगतिशील कदमका रूपमा व्याख्या गर्छन्।
