महिला चालकलाई पर्यटन आतिथ्यता तालिम
काठमाडाैं । नेपालको पर्यटन क्षेत्रलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यका साथ महिला तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धिसहतिको स्वरोजगार बनाउने अभियान शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा दिगो पर्यटन परियोजना मार्फत महिलाहरूलाई रोजगारीको ग्यारेन्टीसहित सवारी चालक र पर्यटन आतिथ्यता तालिम दिन शुरु गरेको हो ।
