गणेश नेपालीको अवस्था गम्भीर र अस्थिर छ : वीर अस्पताल
काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका राइड सेयरिङ चालक गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ । शुक्रबार नेपालीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति नै जारी गरेर उपचारमा संलग्न चिकित्सकले उनलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जनाएका हुन् ।
