SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायाम गर्नका आउने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ । महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायाम गर्नसमेत आउने गरेका छन् ।