SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आएका उनी यस वर्षदेखि पुरानो समस्याबाट मुक्त भएका हुन् । साना सिँचाइ कार्यक्रममार्फत गाउँमा पक्की कुलो निर्माण भएसँगै मालबाँसेका किसानको मुहारमा खुसी छाएको छ ।