पदयात्राको गन्तव्य बन्दै भैरवडाँडास्थित धार्मिक वन
बागमती । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१ स्थित भैरवडाँडाको पहिचान नै बदलिएको छ । डाँडामा २०६४ साल वैशाख १ गतेदेखि औपचारिक रुपमा स्थापना गरिएको पाथीभराको मन्दिरसँगै थपिएका विभिन्न पूर्वाधारका कारण करिब दुई दशककै अवधिमा यस दिव्य धार्मिक धामका रुपमा स्थापित बनेको हो ।
