जलवायु संरक्षणका लागि युवाहरूको ‘नेट जिरो’ सन्देश (तस्बिरहरू)
काठमाडाैं । विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबल र जलवायु परिवर्तनको गम्भीर मुद्दालाई जोड्दै काठमाडौंमा युवाहरूले ‘नेट जिरो’ को सन्देश दिएका छन् । ‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक उक्त कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक कौशललाई जलवायु संरक्षणको मैदानमा उतार्दै विश्वका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
