SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

बाली जोगाउन दशकौंदेखि मचानको बास

बेलडाँडी (कञ्चनपुर) : कञ्चनपुरको बेलडाँडी गाउँपालिका—५ इमिलियाका टीकाराम रानाको पछिल्लो एक दशकदेखि मचानको बास भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, नीलगाई, चित्तल, बँदेलजस्ता जंगली जनावरले, खेतमा लगाएको बाली खाइदिने भएकाले उनी बाली जोगाउन भन्दै एक दशकदेखि मचानमा बस्दै आएका हुन्।जंगलको छेउमा घाँसदाउराका लागि सहज हुने भएकाले टीकाराम रानाका बाजे करिब सय वर्षअघि इमिलिया गाउँमा बसेको उनले बताए। तर सजिलोका लागि बसेको त्यही ठाउँ र नदीछेउको बसाइ उनका लागि कष्टकर बन्दै गएको छ।