सरकारले गर्यो राहदानी नियमावलीको अनुसूचीमा हेरफेर (राजपत्रसहित)
काठमाडौं : सरकारले राहदानी नियमावलीको अनुसूचीमा हेरफेर गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै राहदानी नियमावली, २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची- २ को खण्ड “ख” को सट्टा देहायको खण्ड “ख” राखी संशोधन गरेको जानकारी दिएको सचिव अमृतबहादुर राईले जानकारी दिए।राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न दुई दिन राहदानी सेवा बन्द गरेको छ।
