वडा कार्यालयलाई वडासदस्यले दिए जग्गा दान
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएको छ । मालिका गाउँपालिका–७ का वडासदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निःशुल्क दान गरेका हुन् । जुग्जालीले उपलब्ध गराएको जग्गाको मूल्य रु २० लाख बराबरको रहेको वडाध्यक्ष टकलाल पुनले बताए ।
