व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गरेका छन् । काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उनले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गरेका हुन् । करिब सात वर्षअघि सुरु गरिएको उनको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ ।
