SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

‘रेफ्रीको  इमान्दारितामा प्रश्न उठाउन मिल्दैन’

एजेन्सी/न्युयोर्क : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इजिप्टसँगको अन्तिम १६ को खेलमा रेफ्रीको निर्णयको बचाउ गरेका छन्।विश्वकपको अन्तिम १६ को खेलमा अफ्रिकी मुलुक इजिप्ट साविक विजेता अर्जेन्टिनासँग ३–२ गोलले पराजित भएपछि रेफ्रीको विश्वसनियतामाथि प्रश्न उठेको थियो। फिल्ड रेफ्रीसँगै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पक्षपातपूर्ण निर्णय गर्नुका साथै दोहोरो मापदण्ड अपनाएको आरोप लागेको थियो।