SHARE
अन्नपूर्ण · शुक्रबार​ २६ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड–नर्वे आमनेसामने

एजेन्सी/न्युयोर्क : फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा शनिबार बिहान इङ्ल्यान्ड र नर्वेबीच रोचक प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मायामीस्थित हार्ड रक स्टेडियममा हुने यो खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेललाई यस चरणकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये मानिएको छ।प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डले अन्तिम १६ मा आयोजकमध्ये एक मेक्सिकोलाई ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।