SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।