SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो । बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो ।