SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने

काठमाडौं । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझावअनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।