निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद
नेपालका उद्यमी, व्यवसायीलाई सम्भवतः इतिहासमै सबैभन्दा उकुसमुकुसको अवधि रह्यो गएका सय दिन। यस अवधिमा सरकारले थुप्रै उद्यमी व्यवसायीलाई थर्काउने, तर्साउनेमात्रै गरेन, केहीलाई पक्रेर प्रहरी हिरासतमै राख्यो। अपवादबाहेक सार्वजनिक समारोहमा सरकार प्रमुख अर्थात् प्रधानमन्त्री वालेन्द्र शाह देखिएनन्, त्यसो भएर कसैसँग संवाद वा उनीसँग अन्तक्र्रियाको मौका मिलेन।यसअघि कुनै पनि प्रधानमन्त्रीसँग व्यवसायीले आफ्ना दुःखसुख सुनाउन राख्न पाउँथे, सर्वसाधारणले पनि।
