मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा
काठमाडौं : फिफा विश्वकप २०२६ मा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ। बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो। खेलको सुरुवाती समयदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबदबा बनाइरहेको थियो। २५ औं मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बापेले बल अगाडि बढाइरहेको अवस्थामा उनलाई पेनाल्टी बक्सभित्र फाउल गरिएको थियो। २८ औं मिनेटमा केलियन एम्बापेको पेनाल्टी मोरोक्कोका गोलकिपर यासिन बोनोले बचाए।
