आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने
काठमाडौं : सरकारले चिकित्सकहरूको सुझाव अनुसार २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। आत्म दाहको प्रयास गरेका मुगु सोरु गाउँपालिका–१ का नेपालीको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित 'एम्स' अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।
