SHARE
मकालु खबर · शुक्रबार​ २६ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स अन्तिम चारमा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। म्यासाचुसेट्सस्थित जिलेट स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्‍यो। कप्तान किलियन एम्बाप्पेले ६०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।