संविधान संशोधनले देश द्वन्द्वमा फस्ने खतरा छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन सक्ने बताए।
