SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

कालुपाण्डे संग्रहालयमा नेपाली सेनाद्वारा सत्तल निर्माण

गोरखा : जिल्लाको कालुपाण्डे संग्रहालयमा नेपाली सेनाले सत्तल निर्माण गरेको छ। ऐतिहासिक पुरुष कालु पाण्डेको जन्मस्थान पालुङ्टार नगरपालिका-१ खोप्लाङमा निर्माणाधीन संग्रहालयमा सेनाले निर्माण गरेको सत्तल एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।गण्डकी प्रदेशस्थित पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सत्तलको उद्घाटन गरेका हुन्।