कृषि मन्त्रीको निर्देशनमा १९ सवारी साधनको प्रदुषण मापदण्ड परिक्षण (तस्बिरसहित)
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा सवारी साधनको प्रदुषण मापदण्ड परिक्षण कार्यलाई निरन्तरता दिइएको छ । आज वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा काठमाडौंको बिजुलीबजार, बबरमहल क्षेत्रमा १९ वटा सवारी साधनहरुको प्रदुषण मापदण्ड परिक्षण गरिएको छ ।
