SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नवनिर्मित तालिम भवन उद्घाटन

झापा : कोशी प्रदेश सरकारले झापाको भद्रपुरमा निर्माण गरेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीको नवनिर्मित तालिम भवनको एक समारोहका बीच उद्घाटन गरेको छ। साढे ४ करोडको लागतमा निर्मित दुई तले तालिम भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार उद्घाटन गरेका हुन्।भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशकै आधुनिक तालिम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विस्तार गरिने बताएका छन्।