गणेशका दाईले भने-मेरो भाईलाई बचाउन उपचारमा सहयोग गरिदिनुहोस्
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीका दाईले आफ्ना भाइको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो आर्थिक अवस्था निक्कै कमजोर रहेका कारण आफ्नो भाईलाई बचाउन उपचारमा सक्दो सहयोग गर्न सबैमा अनुरोध गरेका हुन् ।
