गण्डकीमा गाँजालाई वैधता दिने कानुन बन्यो
पोखरा : गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधता दिने गरी प्रदेश सभाबाट कानुन बनाएको छ। गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८२ गण्डकी प्रदेश सभाले बिहीबार पारित गर्यो। विधेयकले औषधी र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुला गरेको छ। गण्डकीमा नेपाली कांग्रेस नेतृत्वमा एमालेसहितको सरकार छ। प्रतिपक्षमा नेपाल कम्युनिस्ट पार्टी र राप्रपा छन्। गाँजा खेतीलाई वैधता दिने मतमा सत्ता र प्रतिपक्ष एक हुँदा विधेयक सर्वसम्मत पारित भएको छ।
