देशले गर्व गर्ने क्रिकेट खेल्छौँ: कप्तान सोनी पाख्रिन
काठमाडौँ । नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले मलेसियामा हुने एसिसी यु–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्न लायक क्रिकेट खेल्ने बताएकी छन् । एशियन क्रिकेट काउन्सिल ९एसिसी० को आयोजनामा आगामी असार २७ गतेदेखि महिला प्रिमियर कप मलेसियाको क्वालालम्पुर शहरमा हुँदैछ ।
