SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास: सांसद शाही

काठमाडौँ । काठमाडौँको राहदानी विभाग अगाडि पार्किङ जरिवानाको विषयलाई लिएर एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । नेपाली काँग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।