SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण: चार जनाको मृत्यु, ७ घाइते

एजेन्सी । युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रुझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताएका छन् ।