SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

धोबी खोलामा हाम फाल्ने महिलाको शव बागमती नदीमा भेटियो

काठमाडौं : रातोपुलबाट धोबी खोलामा हाम फालेकी महिलाको शव भेटिएको छ। प्रहरीका अनुसार उनको शव बल्खुभन्दा केही तल बागमती नदीमा भेटिएको हो।उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। ती महिलाले बिहीबार दिउँसो मैतीदवीस्थित रातोपुलबाट धोबी खोलामा हाम फालेकी थिइन्। त्यसको सूचना पाउने वित्तिकै प्रहरीले खोजीकार्य तीव्र पारेको थियो।