SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

मेटलाइफ नेपाल लगातार दोस्रो पटक ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित

काठमाडौं : मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष ग्रेट प्लेस टु वर्क प्रमाणपत्रबाट सम्मानित हुन सफल भएको छ। यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा मेटलाइफका वर्तमान कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित छ। यस वर्ष ८७ % कर्मचारीहरूले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थल भएको बताएका छन्।