SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

दराज नेपालद्वारा अग्रणी ब्रान्डहरूमा आकर्षक छुटको बहारसहित ७.७ महाबचत बजार अभियानको घोषणा

काठमाडौं : नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ।  यस अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने सुवर्ण अवसर प्राप्त गर्न सक्नेछन्।७.७ महाबचत बजार सेल अभियान, जुलाई ६ (असार २२, २०८३)को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ। अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।