जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै मानव अधिकार आयोगमा ओलीको निवेदन
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफूविरुद्ध गरिएको 'कानुन बनाएर सजाय गर्न' भन्ने सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग उक्त निर्णय सच्याउन माग गरेका छन्।अध्यक्ष ओलीका तर्फबाट नेता महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष निवेदन बुझाएका हुन्।
