SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

लगातार सेयर बजार घट्न थालेपछि नेपाल धितोपत्र बोर्डले के भन्यो ?

काठमाडौं : नेपालको धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताको गुनासो प्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि गम्भीर रूपमा गृहकार्य गरी आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने बोर्डले जनाएको छ। आज विज्ञप्ति जारी गरेर बोर्डले उक्त जानकारी दिएको हो।