त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन गर्दै अर्थ समिति
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रवार (असार२६ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गर्ने भएको छ। समितिले शुक्रवार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको करिब आधा घण्टा स्थलगत निरीक्षण गरेपछि टोली २:३० बजे भन्सार कार्यालयतर्फ जाने कार्यक्रम छ।
