नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्छ: निर्देशक श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मतकुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
