SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।