SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

अख्तियार र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौ वार्षिक प्रतिवेदनमा प्रतिनिधि सभामा पेस गरिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेस गरेकी हुन् । त्यसैगरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पनि पेस गरिएको छ ।