ओलीको कटाक्ष : मन्त्री–प्रधानमन्त्रीविरुद्ध गल्तीले पनि नबोल्नु–नलेख्नु, नत्र झ्यालखाना जानु हुन्छ
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री–प्रधानमन्त्रीका विरुद्ध चुइक्क नबोल्न आग्रह गर्दै नत्र झ्यालखाना जानुपर्ने टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारप्रति कटाक्ष गर्दै मन्त्री–प्रधानमन्त्रीविरुद्ध चुइक्क नबोल्न, नलेख्न भन्दै नत्र झ्यालखाना जानु पर्ने बरु आफूहरुलाई नै गाली गर्न भन्दै सरकारविरुद्ध कटाक्ष गरेका हुन् ।
