प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको प्रस्ताव ‘हास्यास्पद’: काँग्रेस नेता अधिकारी
काठमाडौँ । नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्तावप्रति आपत्ति जनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आपत्ति जनाएका हुन् ।
