देश चलायमान बनाउने उद्योगी हुन्, सरकार सहयोगी बन्नुपर्छ: सागर ढकाल
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले औद्योगिक क्षेत्रले मात्र मुलुकको अर्थतन्त्र चलायमान बनाउन सक्ने भन्दै सरकारको पहिलो प्राथमिकता उद्योग हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।
