सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो
काठमाडौं : बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले गिरावट आएको थियो। सो दिन ४ अर्ब ८२ करोड मूल्य बराबरको कारोबार भएको थियो।यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए।
