SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

निर्माण क्षेत्रका व्यवहारिक समस्या हल गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाले आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताएका छन् । निर्माण व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलमा आज प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।प्रधानमन्त्रीले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।