SHARE
अन्नपूर्ण · बिहीबार २५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो राहदानी विभाग अगाडि एक जनाले आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार आत्मदाह गर्ने व्यक्ति मुगुका २५ वर्षीय गणेश नेपाली रहेका छन्। उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकाले आत्मदाह गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ।