इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
इटहरी : कजारिया रमेश टायल्सले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाललाई थप मजबुत बनाउइटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पुर्याउने उद्देश्य राखेको छ। यस शोरूमको औपचारिक उद्घाटन असार २४ गते बुधबार अपराह्न ४ बजे एक भव्य समारोहमा भएको हो।
