SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

एक चीन नीति विपरीतका गतिविधिमा सरकारले अनुमति दिएको भन्दै एमालेको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीति विपरीतका गतिविधिलाई प्रश्रय दिएको भन्दै प्रतिनिधि सभामा आपत्ति जनाएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा आलोचना गरे ।